नियम ५२
कर्जा असुली विधि
: (१) कर्जा असुली अधिकृतले कर्जा असुली न्यायाधिकरणको आदेश प्राप्त भएपछि सो. आदेशमा तोकिएको म्यादभित्र क्र्रणीबाट कर्जा रकम असुलउपर गरी सम्बन्धित सहकारी संस्थालाई दिलाई दिनु पर्नेछ ।

(२) कर्जा असुली अधिकृतले कर्जा रकम असुलउपर गर्दा प्रचलित कानूनको अधीनमा रही देहायका विधि अपनाउन सक्नेछ :-

(क) क्रणीको घितो राखिएको बा नराखिएको अन्य चल बा अचल सम्पत्ति कब्जा वा लिलाम बिक्री गर्ने,

(ख) _ जमानत दिने व्यक्तिको चल वा अचल सम्पत्ति कब्जा वा लिलाम बिक्री गर्ने,

(ग) कुनै व्यक्ति विशेष क्रणी बा जमानत दिने व्यक्ति भएकोमा त्यस्तो व्यक्तिलाई पक्राउ गरी प्रचलित कानूनबमोजिम थुनामा राख्ने ।